असोज ६ पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीलाई पोखरा ल्याइँदैछ ।
आज दिउँसो काठमाण्डौंबाट पक्राउ परेका उनलाई सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर हवाईजहाजमार्फत पोखरा ल्याउन लागिएको हो ।
प्रहरी स्रोतका अनुसार उनलाई राती ८ बजेको बुद्ध एयरबाट पोखरा ल्याउन लागिएको हो । उनलाई हिरासतमा राख्नका लागि आवश्यक पर्ने मेडिकल रिर्पोटपनि पोखरामा नै गराउने प्रहरीले आन्तरिक तयारी गरिरहेको प्रहरी श्रोतले बताएको छ।
सहकारी संस्था बचत दुरुपयोग सम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदनका आधारमा उनी पक्राउ परेका हुन् । उनलाई आइतबार दिउँसो उनलाई काठमाडौं प्रहरीको सहयोगमा पोखरा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







