पोखरा, असोज ७
सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आईतबार काठमाडौंबाट पक्राउ गरेर सोहि दिन साँझ पोखरा ल्याइएका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराईएको थियो । जोशीलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले जानकारी दिए ।
सरकारले बनाएको सहकारी छानविन समितिले सहकारीको रकम अपचलन गरेको भन्दै सो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिवी), छविलाल जोशी, रवि लामिछानेसहितलाई कारवाही गर्न सिफारिस गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।…







