युरिक एसिड सित्तैमा, थाइराइडमा ५० र अन्य जाँचमा ३० प्रतिशत छुट


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले चाडपर्व लक्षित विशेष छुट योजना ल्याएको छ ।

बिहीबारदेखि कत्तिक महिनाभर यो योजना लागू हुनेछ । यो अवधिमा युआरएलको मुख्य कार्यालय सभागृहचोकसहित २० शाखामा युरिक एसिडसम्बन्धी जाँच सित्तैमा गरिनेछ । सेवाग्राहीको सुविधाका लागि युआरएलले थाइराइडसम्बन्धी रगत जाँचमा ५० प्रतिशत र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ ।

विश्वकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष र अनुभवी प्राविधिकबाट स्थापनाको ११ वर्षमा करिब ८ लाखलाई यसले सेवा दिइसकेको छ । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले चाडपर्वका बेला सेवाग्राहीलाई उपहारमा रुपमा छुट योजना ल्याएको बताए ।

उनले भने, ‘स्थापनादेखि नै हामी सामाजिक उत्तरदायित्व बहन र गुणस्तरीय सेवामा प्रतिवद्ध छौँ । ठूला चाडवाडका बेला युरिक एसिड निशुल्कदेखि सबै जाँचमा छुट दिँदै छौँ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।