प्रदेश प्रमुख भट्टद्वारा अधिकारी परिवारमा समवेदना व्यक्त


     एभरेस्ट आवाज    
     असाेज १० गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वर्गीय दुर्गादेवी अधिकारीका परिवारसँग भेटघाट गरेका छन् ।

आफ्नै सचिवालयका स्वकिय सचिव समेत रहेका अर्जुन अधिकारीका आमा दुर्गादेवीको असामयिक निधन भएको सातौं दिन शुक्रवार अधिकारी निवास पोखरा १९ घार्मी पुगी स्वर्गीय अधिकारी प्रति भावपुर्ण श्रद्घाञ्जली व्यक्त गर्दै, शोकाकुल परिवारमा समवेदना दिएका हुन् ।

प्रमुख भट्टले दिवंगत आत्माको वैकुण्ठ बासको कामना गर्दै, शोकाकुल परिवारलाई सान्त्वना दिएका हुन् । एमालेका युवा नेता समेत रहेका अर्जुन अधिकारीका आमा दुर्गादेवीको गत असोज ४ गते ६० वर्षको उमेरमा जन्मदिनकै दिन हृदयघात भई निधन भएको थियो ।

यसअघि स्वर्गीय दुर्गादेवीप्रति निवासमै पुगेर नेकपा एमाले प्रदेश कमिटी, जिल्ला कमिटी, वडा कमिटी पोखरा १६ र १९, भुतपुर्व विद्यार्थी मञ्च महेन्द्र मावि घामी, श्री मातृभुमी कृषि सहकारी संस्था, नवआर्दश सामुदायिक विकास समाज लगायतका विभिन्न संघ संस्था,विद्यार्थी संगठन, विभिन्न दलका नेता कार्यकर्ता,विभिन्न सहकारी लगायतले समवेदना व्यक्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।