
पोखरा । लायन्स क्लव अफ पोखरा अन्नपूर्णको छात्रवृत्ति तथा ह्विलचेयर वितरण कार्यक्रमबाट २८ जना लाभान्वित भएका छन् । शुक्रबार पोखरामा क्लवको २४ औं छात्रवृत्ति तथा ह्वीलचेयर वितरण कार्यक्रममार्फत २३ जना विद्यार्थीलाई छात्रवृत्ति र ५ शारिरीक अशक्त भई हिडडुल गर्न नसक्नेहरुका ह्वीलचेयर वितरण गरेको हो ।
क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आयोजित कार्यक्रमको डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गर्भनर मिलन थापाले उद्घाटन गरिन् । उनले छात्रवृत्ति तथा ह्वीलचेयर वितरण गर्दै क्लवले लायन्सको उद्देश्य अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रमलाई निरन्तरता दिएकोमा प्रशंसा व्यक्त गरिन् । यसलाई आगामी दिनमा निरन्तरता दिनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि थापा, द्वितिय भाइस डिष्ट्रिक्ट गर्भनर प्रजापति बास्तोला, क्याविनेट सेक्रेटरी कृष्णप्रसाद अधिकारी, एरिया लिडर सूर्य बराल, विद्यार्थी अनिल सुनार लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानका बारेमा बोलेका थिए ।
क्लवले २३ जना विद्यार्थीलाई ५ लाख २३ हजार मूल्य बराबरको छात्रवृत्ति वितरण गरिएको क्लवका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक सोनाम साङ्पोले जानकारी दिए । उनका अनुसारका मुस्ताङ एक विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिएको छ । क्लवले उनलाई वार्षिक ७५ हजार ४ वर्षसम्म प्रदान गर्ने निर्णय गरेको छ । यस्तै ५ जनालाई ह्वीलचेयर वितरण गरिएको उनको भनाई छ ।
क्लवका अध्यक्ष गणेशलाल श्रेष्ठ ‘छवि’ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत पूर्व अध्यक्ष दुतमान गुरुङ र सञ्चालन पूर्व अध्यक्ष सुरेश बहादुर श्रेष्ठले गरेका थिए । सन् १९८८ मा स्थापना भएको क्लवमा ४४ जना सदस्य रहेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।