
पोखरा । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा शैलेन्द्रसिंह बोगटी निर्वाचित भएका छन् । समितिको १३ औँ अधिवेशनबाट नुवाकोटका बोगटीसर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित बोगटी सातौँ अधिवेशन देखिनै समितिमा सक्रिय रही दुई कार्यकाल महामन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।
यस्तै समितिको उपसभापतिमा ओमराज गुरुङ (चितवन) र ताहीर खान (काठमाडौँ) महामन्त्रीमा खुशी लिम्बु (पाँचथर) र भबिन लिम्बु (झापा), सहमहामन्त्रीमा सुनसरीका किरण राई (सुनसरी) र प्रशान्त गुरूङ(कास्की), कोषाध्यक्षमा रामचन्द्र सेन्चुरी (चितवन), सहकोषाध्यक्षमा उपेन्द्र विश्वकर्मा (म्याग्दी) निर्वाचित भएका छन् ।
यस्तै समितिको कार्यसमिति सदस्यमा सुमिरजंग गुरूङ, प्रशन गुरुङ र मीलन गुरुङ चयन भए ।
यसैबीच नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले शैलेन्द्रसिंह बोगटीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले समितिको वर्तमान कार्यसमितिमा नेपाल तरुण दल र नेविसंघमा रहेर राजनीति गरेर खारिएर आएका नेताहरु रहेकाले महत्वपूर्ण आशा र भरोसा गरिएको उनको भनाई छ । सचिव ढकालले भने, ‘विदेशमा आर्जन गरेको सीप, ज्ञान, दक्षता र पुँजी मुलुक विकासमा लगानी गर्न प्रवासमा बसोबास गर्ने नेपालीको भावना पनि गुन्जिने गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाली जनसम्पर्क समिति हङकङ सफल रहने विश्वास र आशा लिएको छु ।’ उनले कास्की कांग्रेस र हङकङ जनसम्पर्क समितिबीचमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैबीच कार्यसमितिको पदस्थापन कार्यक्रम यही अक्टोबर १ तारिकमा हङकङको जोर्डनस्थित ब्लु ओशन रेष्टुरेन्ट एण्ड बारमा हुने जनाइएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति, संघीय सांसद एवं पूर्वमन्त्री वीरबहादुर बलायर प्रमुख अतिथि, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ विशेष अतिथिका रुपमा सहभागी हुने समिति सभापति बोगटीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।