टि–ट्वान्टी क्रिकेटःनेपालले ओमानको सामना गर्दै


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८१ मा प्रकाशित




गुगल फोटो

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

शनिबार राति भएको उक्त शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । ओमानको भने टि–ट्वान्टी क्रिकेट शृङ्खलामा यो पहिलो खेल हो ।

आज दुवै टोली शृङ्खलाको पहिलो जीतको खोजीमा छन् । यसअघि क्यानडामा भएको क्यानडा, ओमान र नेपालसम्मेलित त्रिकोणात्मक एकदिवसीय शङ्खलाको सबै खेलमा नेपाल पराजित भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।