सृजना बहिरा स्कुलमा अक्षयकोष


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८१ मा प्रकाशित




असोज १३ पोखरा । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सिर्जना बहिरा आवासिय माविका विद्यार्थीहरुको शौक्षीक विकासमा सहयोग पुग्ने गरि एक लाख वरावराको अक्षयकोष स्थापना गरिएको छ ।

पुरानो घर पर्वत भई हाल पोखरा महानगरपालिका वडा नं १० अंमरसिहचोक निवासी पुर्व वेलायती सेना गुमान सिह गुरुङ र उनकै भाई झमान सिंह गुरुङले स्वर्गीय बल बहादुर क्षेत्रीको स्मृतीमा अक्षयकोषका लागि एक लाख सहयोग गरेका हुन् ।

आफनो घरमा वर्षै देखि बसोवास गर्दै आएका स्वर्गीग क्षेत्री वहिरा भएकाले उनेको सम्झनामा वहिरा विद्यार्थीहरु कै लागि सहयोग गरौं भन्ने उदेस्यले गुरुङ परिवारले सिर्जना वहिरा स्कुलमा अक्षयकोष स्थापना गरेको बताईएको छ ।

वेलायतमा रहेका गुमानसिह गुरुङले नेपाल आएको समयमा अक्षयकोषका लागि एक कार्यक्रमका विच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ र प्रधानाध्यापक सुनिल भण्डारीलाई उत्त रकम हस्तान्त्रण गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।