विन्ध्यबासिनीको शोभायात्रा स्थगित


     एभरेस्ट आवाज    
     असाेज १५ गते २०८१ मा प्रकाशित




पोखरा, असोज १५

नेपालीको महान चाँड बडादशैंको अवसरमा विन्ध्यबासिनी मन्दिरमा आयोजना गर्ने नवदुर्गा महोत्सव अन्तर्गत घटस्थापनाको दिन निकालिने भनिएको शोभायात्रा स्थगित गरिएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजना यहि असोज १७ गते घटनास्थापनाको दिन निकालिने भनिएको सो शोभायात्रा स्थगित गरेको जनाइएको हो । समितिले विपदको दुःखद घडीमा देशमा राष्ट्रिय शोक घोषणा भएअनुसार शोभायात्रा स्थगित गरिएको समितिले मंगलबार एक सूचना जारी गरी जानकारी दिएको छ ।

सूचनामा भनिएको छ,‘हालै मात्र देशको विभिन्न भू–भागमा अविरल बर्षा भई डुवान, बाढी र पहिरोजन्य प्रकोपमा भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारबाट तीन दिन राष्ट्रिय शोकको घोषणा भएकोले यस समितिबाट यहि असोज १७ गते आयोजीत विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा कार्यक्रम रद्ध भएको सूचित गरिन्छ ।’

समितिले शोभायात्राको पूर्व तयारीमा जुटेका श्रद्धालु भक्तजन र सहयोगी संस्थाहरुमा पर्न जाने असुविधाप्रति क्षमा याचनापनि गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।