
पोखरा, असोज १५
पोखराको बाँझापाटनमा ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ हुने भएको छ । स्थानिय सत्य युवा सेवा समितिको आयोजनामा नेपालीको महान चाँड बडादशैंको अवसरमा यहि असोज २५ गते ‘कालरात्री म्युजिकल फेस्टिभल’ हुने भएको हो । सत्य युवा सेवा समितिले आयोजना गरेको यो १९ औं संस्करणको फेष्टिभल हो ।
फेष्टिभलमा पूर्ण राई एण्ड ब्रोदर्स, दी ड्रिमर्ज ब्याण्ड, नेपाल आइडलको अन्तिम ५ फाइनलिष्ट मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहने अध्यक्ष हितमान गुरुङले जानकारी दिए ।
गीत–संगीतमार्फत् मनोरञ्जन प्रदान गर्दै युवाहरुलाई रचनात्मक कार्यमा लगाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।
फेष्टिभलका लागि टिकट दर ५ सय र १ हजार तोकिएको जनाइएको छ भने टिकट अनलाइन बुकिङ गर्न सकिने उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।