पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८१ मा प्रकाशित




पोखरा । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो–२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको छ ।
ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा ११–१४ असोजसम्म भएको एक्स्पोमा सांस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टल राखिएको थियो । ती स्टलबाट स्थानीय उद्योग व्यवसायलगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृति प्रदर्शन गरिएको क्लब अध्यक्ष सज्जु व्यञ्जनकारले बताइन् ।
‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूलनाराका साथ आयोजित कार्यक्रमबाट पाटन दरबार क्षेत्रको प्रचार साथै सो क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनको पुनरावृत भइ आर्थिक गतिविधि समेत बढ्ने विश्वास आयोजकले लिएको छ । विश्व पर्यटन दिवसको अवसरमा आयोजित एक्सपोको गत शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए । एक्स्पो समापनमा ¥याम्प वाल्कको प्रस्तुति रहेको थियो । कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा रोटरी काठमाडौं हेरिटेज, रोट्रयाक्ट पाटन हेरिटेज, रोटरी ललितपुर, रोटरी यल पाटन र रोटरी भरतपुरको सहयोग थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।