कृषिकर्मका नवीन अभ्यासबारे किसानलाई जानकारी दिँदै उनीहरूलाई कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा अभिप्रेरित गर्ने उद्देश्यले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले गण्डकी प्रदेशका क्रियाशील पत्रकारलाई तालिम दिएको छ ।
गण्डकी प्रदेशका नौ जिल्लाका ३० पत्रकार सम्मिलित तीनदिने तालिममा कृषि प्रविधि, किसानका समस्या र गाउँपालिकाका गतिविधिका साथै कृषि क्षेत्रको विस्तार, कृषि विकासमा आमसञ्चार र पत्रकारिताको भूमिकाबारे व्यावहारिक ज्ञान दिइने कृषि तालिम केन्द्रका निमित्त प्रमुख नीलकण्ठ पोख्रेलले बताए ।
गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषिमन्त्री पदमाकुमारी जिसीले बुधबार पोखरामा तालिमको उद्घाटन गर्दै देशको आर्थिक विकासका निम्ति कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर सबैले काम गर्नुपर्नेमा जोड दिए। “मुलुकको समृद्धिको आधार नै कृषि क्षेत्र हो,” उनले भने ।
तालिममा कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी र कृषिविज्ञ कुलराज चालिसे, अनिल सुवेदी, खोज पाठशालाका पत्रकार रामचन्द्र बरालले पत्रकारिताका नवीन अभ्यासबारे जानकारी दिँदै विकास र खोज पत्रकारिता गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ ।…






