असोज १७ पोखरा । पोखरा महानगरपालिका वडा न १७ स्थित घारीकुलो बचत तथा ऋण सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ ।
सभाको पोखरा महानगरपालिका वडा न १७ का वडा सदस्य शिबराम भण्डारीले उद्घाटन गरे । कार्यक्रममा शेयर सदस्य शालिकराम भण्डारी ,सल्लाहकार योगेन्द्र प्रसाद पराजुली ,घारीकुलो टोल बिकास संस्थाका अध्यक्ष गोबिन्द गिरि सहितले मन्तव्य व्यक्त गरे ।
सो अबसरमा उत्कृष्ट कारोबार गर्ने हिरा न्यौपाने , उत्कृष्ट बचतकर्ता बिमलादेबि पोख्रेल ,उत्कृष्ट कर्मचारी लेखिका पोख्रेल आचार्य सहित कक्षा बार्हमा उत्कृष्ट अन्क सहित उतिर्ण शेयर सदस्यका सन्तान बिषेसता पौडेल ,प्रणय पौडेललाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कुमार बस्नेत र संचालन सचिब पबित्रा सुवेदी भण्डारीले गरेको ब्यबस्थापक दिपक लामिछानेले जानकारी दिए ।
सधारण सभाले संस्थाको आर्थिक तथा बार्षिक प्रतिबेदन समेत पारीत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा…





