अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८१ मा प्रकाशित




गलकोट । जैमिनी नगरपालिकाले आफ्नो स्थापनाको आठ वर्षपछि वडा नं ५ का लागि विनामारेमा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरेको छ ।

जैमिनी नगरपालिका–५ का वडाध्यक्ष ठगबहादुर थापाका अनुसार रु ७८ लाख १० हजारको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु ६० लाख र जैमिनी नगरपालिकाले रु २० लाख गरी खर्च गरेका थिए ।

उक्त भवन कार्यारम्भ गरेको नौ महिनामा पूरा भएको हो । भवनको उद्घाटन गत बिहीबार गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले गरेका हुन् । सोही दिनदेखि नयाँ भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्न थालेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।