पोखरा । अन्नपुर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एक सवारी साधन नियन्त्रणमा लिएको छ ।
शनिबार राती साढे ९ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका अन्र्तगत अन्नपूर्ण संरक्षण क्षेत्रबाट कटपिस ढुङ्गा सहित पोखरातर्फ आउँदै गरेको ग १ ख ७२३४ नम्वरको मिनी टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अन्नपुर्ण संरक्षण क्षेत्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी भईरहेको भन्ने गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै मिनि टिप्परलाई रोकी चेकजाँच गर्ने क्रममा कटपिस ढुङ्गा लोड गरेको पाईएको थियो ।
प्रहरीले मिनी टिप्परसहित कटपिस ढुंगाहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाईएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







