असोज २० पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा – ३३ उपशाखा भरतपोखरीले बडादशैंँ, दिपावली, छठ लगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य तथा जुनियर युवा समिति संयोजक रमेशराज भण्डारीले रेडक्रसका आदर्श र सिद्धान्त लगायतका विषयमा प्रकाश पारे ।
नेपाल रेडक्रस सोसाइटी पोखरा – ३३ उपशाखाका सभापति टुकराज भण्डारीले शाखाका गतिविधिका बारेमा जानकारी दिए ।
कार्यक्रमका सहभागीलाई युवराज शर्माले डेँगी रोग नियन्त्रण सम्बन्धमा सचेतनामुलक प्रशिक्षण दिएका थिए ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य प्रकाश कार्की, रेडक्रस सोसाइटी कास्की जिल्ला समितिका सदस्य डिल्लीराम बराल, बुद्धिजीवि नन्दलाल काफ्ले, युवा समाजसेवी दिनेश आचार्य, रामजीप्रसाद अधिकारी, ई.कृष्ण प्रसाद अधिकारी लगायतले रेडक्रसको प्रभावकारी भूमिका लगायतका विषयमा बोलेका थिए ।
उपशाखाका सभापति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राप्ति भण्डारीले सात सिद्धान्त वाचन एवम् सचिव तुलशीमणि अधिकारीले सञ्चालन गरेकी थिइन् ।
साथै सो अवसरमा बलबहादुर केसी अध्यक्षतामा ११ सदस्यीय नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी गठन भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







