पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा सहित विधि पुर्वक महाआरती गर्ने भएको छ।
ऐतिहासिक स्थल बाटुलेचौरमा रहेका चण्डिका, कालिका र अम्बिका मन्दिरमा असोज २४ गते फुलपातीका दिनदेखि विहान कलश यात्रा सहित शुभकामना आदानप्रदान र चियापान गरिने र साँझ महाआरती गर्ने गरी तयारी तीव्र पारिएको सोमवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ।
विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डिका मन्दिरबाट सुरु भई, गणेश मन्दिर, अम्बिका मन्दिर,राजपँधेरा हुदै कालिका मन्दिरमा पुगेर शुभकामना आदानप्रदान तथा चियापान समारोहमा परिणत हुने समाजका निवर्तमान अध्यक्ष सन्दिप थापाले जानकारी दिए । उनका अनुुसार कलश यात्रामा तमु,मगर, तामाङ, गन्धर्व, विश्वकर्मा सहित विभिन्न आठ वटा जातिय समुदाय आ(आफ्नो भेषभुषा सहित सहभागि हुने र यात्रामा नौमती बाजा र भजन चुड्का प्रस्तुत गरिने बताइएको छ।
सप्तमीका दिन चण्डिका मन्दिर महाआरती हुने, अष्टमीका दिन कालिका मन्दिरमा गरिने सो अवसरमा विभिन्न समुदाय, आमा समुह, तथा टोल विकास सस्थाले सहयोग गर्ने सचिव गोविन्द बहादुर थापा राजेन्द्रले बताए।
पत्रकार सम्मेलनमा बोल्दै क्षेत्री समाजका सल्लाहकार वेनी बहादुर बस्नेतले पोखरा १६लाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता कार्यक्रमले जातिय एकता र धार्मिक सद्भाव बढाउने हुदाँ यो कुनै जाति विशेषको नभएको स्पष्ट पारे।
सम्मेलनमा सल्लाहकार दुर्गा केसी थापा, समाजका सदस्य दिलबहादुर थापा, क्षेत्री महिला समाजकी उपाध्यक्ष मनु वस्नेत लगायतले यस क्षेत्रलाई त्रीदेवी तिर्थस्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । यसअघि हिमालय क्लवले घटस्थापनादेखि कालिका मन्दिरमा दुर्गा पूजा तथा सन्ध्याकालीन आरती गरिरहेको छ ।
समाजका सचिब थापाले संचालन गरेको कार्यक्रम कार्यवाहक अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको थियो।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







