पोखरा । बिजया दशमी, शुभ दिपावलि, छठ, नेपाल सम्बत लगायत नेपालीहरुका महत्त्वपूर्ण चाडपर्वको अवसरमा कस्केली अधिकृत समाज पोखराको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल भुतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष, नेपाल भलिबल संघका सल्लाहकार हरिप्रसाद पराजुली, जेयष्ठ ८० बर्षिय आजिवन सदस्य हित बहादुर थापा, कृषि बिकास बैंकका मुख्य शाखा प्रवन्धक अर्जुन ढुंगाना, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी सल्लाहकारहरु दुर्गा शाह बाबा, देवेन्द्र केसी, प्रेमप्रकाश गौतम, विश्वनाथ पराजुली, डा.दीर्घ नाथ ढुंगाना, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने, शिवहरि शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष चन्द्रबहादुर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लोकनाथ दवाडी र सञ्चालन सचिव महेश पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







