पोखरा, असोज २४
पोखरामा राँगाले हानेर एक जनाको मृत्यू भएको छ । राँगाको आक्रमणमा परी पोखरा महानगरपालिका वडा नम्बर–३३ स्थायी घर भई पोखरा–१७ विरौटा बस्ने धनञ्जय आचार्यको मृत्यू भएको हो । सहोदर माईला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका उनलाई राँगाले आक्रमण गरेको थियो ।
राँगाको आक्रमणबाट बच्न झाडीमा लुकेपनि उनी बच्न नसकेको स्थानियले बताएका छन् । स्थानियका अनुसार अपराह्न ४ बजेतिर आफूलाई राँगाले लेखेटेको र अहिले झाडीमा लुकेर बसेको छु भन्दै उनले श्रीमतीलाई फोन गरेका थिए । त्यसपछि उनको खोजी भएपनि सम्पर्क हुन सकेको थिएन । दाजुभाई तथा आफन्तले सुरौदी पुगेर रातभर खोजी गर्दापनि उनलाई नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
तर प्रहरी नपुग्दै धनञ्जयको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो । उनको शव गोठ भन्दा करीब डेढ घण्टा परको दुरीमा पर्ने सुरौदी खोला किनारमा फेला परेको स्थानियले जानकारी दिएका छन् । शव भेटिएको स्थान भन्दा माथिल्लो गह्रामा कोट र त्यो माथिल्लो गह्रामा मोवाइल फोन भेटिएको बताइएको छ ।
मृतक आचार्य पोखरा–३३ कै जनचेतना माविका स्थायी शिक्षक हुन् । उनले विहानी समयमा पोखराकै सिर्जना बोर्डिङ स्कुलमासमेत अध्यापन गर्नेगरेको बुझिएको छ ।
घटनाको मुचुल्का स्याङ्जा प्रहरीले बनाएको छ । घटनास्थल स्याङ्जा जिल्लामा पर्ने भएकाले मुचुल्कापनि सोहि जिल्लाको प्रहरीले बनाएको हो । राँगाको पाइलाको डोब, शरिरमा सिङले उधिनेर बनाएको घाउँलगायतको चिह्न देखिएकाले आचार्यको राँगाले नै हानेर मृत्यू भएको प्रारम्भिक अनुसन्धानले देखाएको स्याङ्जा प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







