असोज २४ पोखरा । पोखरा महानगरपालिका वडा नं २६/२७ स्थित अर्घौं पौवा नेवा खलः कास्कीले विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।
बिहीबार संस्थाले नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ दिपावली,नेपाल संवत् ११४५ , छठ एवंम् ल्होसार पर्वको अवसर पारेर सामुहिक रुपमा शुभकामना आदान प्रदान तथा भैरव मन्दिरमा वलि पूजा गरेको हो ।
कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका महासचिव श्रीकृष्ण श्रेष्ठले नेपालको मौलिक संस्कृतीका रुपमा रहेका संस्कार र कलाको संरक्षण गर्नु सबैको कर्तव्य भएकोले यसलाई जोगाई राख्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा गगन नेवा खलःका अध्यक्ष लिल बहादुर श्रेष्ठ, सञ्चारकर्मी नवराज सापकोटा लगायतले नेपाल र नेपालीको सम्पत्ती भनेकै यहाँको कला,सस्कार र संस्कृती भन्र्दै यस्को संरक्षण आवश्यक रहेकोमा जोड दिए ।
अर्घौं पौवा नेवा खलःका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्घौं पवौ मिसा पुचाका अध्यक्ष मिना श्रेष्ठ र स्वागत र सञ्चालन संस्थाका सदस्य मिमकाजी श्रेष्ठले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







