भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८१ मा प्रकाशित




असोज ३० पोखरा । गण्डकी प्रदेश सरकारले भोलि कोजाग्रत पूर्णिमाका अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को गत २०८० चैत ९ गते बसेको बैठकले कोजाग्रत पूर्णिमाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भोलि प्रदेशभर सार्वजनिक बिदा हुन भएको हो ।

बैठकले २०८१ वैशाख ४ गते चैते दशै, २०८१ असार २९ गते भानु जयन्ती र २०८१ कार्तिक १ गते कोजाग्रत पूर्णिमाका अवसरमा गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।