गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०८१ मा प्रकाशित




आज गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले कोजाग्रत पूर्णिमासहित यस वर्ष चैते दशैँ वैशाख ४ र भानुजयन्ती असार २९ मासमेत बिदा दिएको थियो ।प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।