कार्तिक ३ पोखरा । साहारा क्लब अष्ट्रेलियाको अध्यक्षमा सिद्धार्थ पौडेल निर्विरोध निर्वाचित भएका छन् । सहारा क्लब अष्ट्रेलियाको विशेष अधिवेशनले पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निरविरोध निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली, कोषाध्यक्षमा कल्याण खड्का, गौरव बराल, सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ तथा कार्यकारी सदस्यमा निराजन श्रेष्ठ, राजन रजनी गुरुङ, सुर्य खनाल र प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल निर्विरोध निर्वाचित भएको सहारा पोखराका पूर्व अध्यक्ष विरभद्र आचार्यले जानकारी दिए ।
यसैगरी अधिवेशनले ज्ञानेन्द्र गौतम, सुवास श्रेष्ठ, साजन शर्मा, रोमन शाही र ईश्वर पहारीलाई अष्ट्रेलियास्थित विभिन्न शहरको संयोजकको जिम्मेवारी समेत तोकेको छ ।
केही समय पहिला क्लबका अध्यक्ष राजमान थकालीको असमाहिक निधन भएपछि सहारा क्लब अष्ट्रेलियाले विशेष अधिवेशन आह्वान गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







