पोखरा, कात्तिक ४
निशेधित क्षेत्र सहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रु ग्याँस र पानीको फोहरा हानेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापती रवि लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताले निशेधित क्षेत्र सहिदचोकमा प्रदर्शन जारी राखेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस र पानीको फोहरा हानेको हो ।

रविलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराउने समय पारेर रास्वपा कार्यकर्ताले सहिदचोकमा प्रदर्शन गरेका थिए । दिउँसो १२ः३० बजेबाट प्रदर्शन गर्ने भनिएपनि विहान ११ बजेबाटै रास्वपाका कार्यकर्ता भेला भएर नाराबाजी शुरु गरेका थिए । अदालत, प्रशासनलगायतका सरकारी कार्यालय नजिकै प्रदर्शन हुन थालेपछि कास्की प्रशासनले सहिदचोक र त्यस आसपासका क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गर्दै कफ्यू लागु ग¥यो । तर प्रदर्शनकारीले सो स्थल छाड्न मानेनन् ।
प्रहरी आह्वान र अनुरोधलाई बेवास्ता गर्दै प्रदर्शनकारीले निरन्तर नाराबाजी र प्रदर्शन जारी राखेपछि प्रहरीले भीड नियन्त्रणमा लिन शुरुमा पानीको फोहरा हानेको थियो । तर त्यति गर्दापनि प्रदर्शनकारी तितरबितर नभएपछि प्रहरीले अश्रृ ग्याँस हानेको हो ।
तर अझैपनि प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन् । उनीहरुले ‘रविलाई न्याय दे, निर्दोषलाई फसाउन पाईंदैन, रविदाई हाईहाई, असली सहकारी ठगलाई कारवाही गरलगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट…






