कार्तिक ४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले भवन निर्माणका सन्र्दभमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए । उनले भने, “लामोसमय पार्टीको नीतिसँग असहमति राखेर आफ्नो विचार प्रकट गरिरहेका पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टी निर्णयविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएकोमा के कति करणले त्यसप्रकारका गतिविधि गरेको हो भनेर सोध्ने निर्णय भएको छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि छामिछानेका विषयमा पत्रकारले सोधेको जिज्ञासामा उनले नेपाल सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको र संसद्को सर्वसम्मत निर्णयका आधारमा प्रक्रिया अघि बढेकाले छानबिन प्रक्रियामा आएको कुरालाई सहयोग पुर्याउनुपर्ने बताए । महासचिव पोखरेलले भने, “पार्टीको दृष्टिकोण स्पष्ट छ, छानबिनले जे देख्छ, त्यहीअनुसार निर्णय हुनुपर्छ ।”
यस्तै, अर्को जिज्ञासामा उनले पार्टीको भवन निर्माणका लागि जग्गा दानमा प्राप्त भएको विषयलाई कानुनी प्रक्रियाद्वारा समाधान र त्यसमा स्वार्थ बाझिनुपर्ने कुनै आधार नभएको बताए । “भूकम्पपछि पुनःनिर्माण कार्य भयो, पार्टीले धेरै बस्ती निर्माण गर्ने अभियान नै सञ्चालन गर्यो, पुरातात्विक एतिहासिक संरचनाको निर्माण गर्यो”, महासचिव पोखरेलले भने, “भूकम्पमै एमाले पार्टी कार्यालय पनि भत्कियो, सङ्कटमा परेको बेलामा गरेको सहयोगलाई स्वाभाविक रूपमा लिनुपर्छ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







