नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं, जिल्ला कार्यसमिति कास्कीले कार्तिक १३ गते मंगलबार “साँस्कृतिक साँझ–२०८१” कार्यक्रम पोखरा–१०, अमरसिंह चोक अवस्थित लेकाली चुल्हो घरमा आयोजना गर्ने भएको छ । यस कार्यक्रममा गण्डकी प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयका माननीय मन्त्री डा. टकराज गुरुङ ज्यूको प्रमुख अतिथ्यता रहने जानकारी सचिव प्रितम गुरुङ ज्यूले जानकारी गराए ।
“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा नेपालको संविधानको मर्मलाई हित हुने कार्यक्रम नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं, जिल्ला कार्यसमिति, कास्कीले ल्याएको छ । प्रथम चरणमा ‘साँस्कृतिक साँझ–२०८१’ ले तमु साँस्कृतिक प्रस्तुती मात्र नभई अन्य जातीय साँस्कृतिक प्रस्तुतीलाई पनि जगेर्ण र सशक्तिकरणको लागि तयारी र कार्यक्रमको मार्फत प्रस्तुती गर्नेछ ।” अध्यक्ष प्रचण्ड शक्ति गुरुङले बताए ।
२०८१ भदौ २० गते शनिबार १६ औँ कास्की जिल्ला अधिवेशनबाट निर्वाचित भएको जिल्ला कार्यसमिति कास्कीले भावी कार्ययोजनामा साँस्कृतिक साँझ, तमु अधिकारको सचेतना, खेमा लिपी प्रशिक्षण, ह्युल्छा मासिक पत्रिका प्रकाशन, आदि तर्जुमा राखेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







