१२ कात्तिक, काठमाडौं ।
पोखरामा पटाका बनाउने क्रममा पटाका पड्किदा एक किशोर घाइते भएका छन् । तिहारमा पड्काउनका लागि पटाका बनाउने क्रममा अचानक पटाका पड्किदा पोखरा महानगरपालिका वडा नम्बर–२१ फुर्सेखोला रोइकेर बस्ने १७ वर्षीय असिम परियार घाईते भएका हुन् । आल्मुनियमको पातामा २० बट्टा सलाइको काँटी राखेर पटाका बनाउँदै गर्दा पटाका एक्कासी पड्किएको बताइएको छ ।
पटाका पड्किएर घाईते भएका उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको थियो । तर थप उपचार गर्नुपर्ने भएपछि सोमबार साँझ कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको कास्की प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







