अध्येता प्रकाश सायमीद्वारा लिखित ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक लोकार्पण


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८१ मा प्रकाशित




ललितपुर, सानेपा । प्रसिद्ध गायक संगीतकार नारायणगोपालको जीवनीमा आधारित ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकको लोकार्पण कार्यक्रम सानेपामा सम्पन्न भएको छ। यो पुस्तकलाई लेखक प्रकाश सायमीले तयार गरेका हुन्।
कार्यक्रममा बोल्दै लेखक सायमीले नारायणगोपालको जीवन र व्यक्तित्वलाई संक्षिप्तमा प्रस्तुत गर्न यो पुस्तक तयार गरेको बताए।
अभिनेता सरोज खनालले नारायणगोपालको संगीतले उनलाई अमर बनाएको र उनी हरेक नेपालीको हृदयमा जीवित रहेको बताए। वरिष्ठ गीतकार नगेन्द्र थापाले यो पुस्तक भबिष्यका अनुसन्धानकर्ताहरूका लागि कोशेढुंगा साबित हुनेमा विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमाले बायोग्राफी लेख्नु चुनौतीपूर्ण काम भएको र लेखक सायमीको प्रयासको प्रशंसा गर्दै पुस्तकलाई पठनीय र रोचक रहेको बताए।
कार्यक्रममा वरिष्ठ संगीतज्ञ कर्म योन्जन, सि के रसाइली, नीर शाह, मह जोडी, मन्जु थापा, बसुन्धरा भुषाल, लेखक प्रकाश सायमीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।