पोखरा, कात्तिक १४
भाषा संघ नेपाल (ल्यान)ले नेपालीको विभिन्न चाँडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । नेपालीको महान चाँडहरु बडादशैं, शुभ दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा सहभागीहरुले आपसमा शुभकामना साटासाट गर्दै संघले गर्ने आगामी कार्यक्रमको बारेमा धारणा राखेका थिए ।
संघका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रथम उपाध्यक्ष मोतीप्रसाद श्रेष्ठले स्वागत तथा महासचिव बालकृष्ण शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।
शुभकामना दिदै अध्यक्ष भान्साकार्यले भाषा संघ नेपाल जापानी भाषालाई जोड दिने कन्सल्टेन्सीहरुको साझा संस्था रहेको र संस्थाले त्यसको विकास र बिस्तारका लागि पहल गरिरहेको बताए । उनले आफ्नो कार्यकालमा पुराना राम्रा कार्यलाई निरन्तरता दिने र थप रचनात्मक कार्यक्रमहरु ल्याउने तयारी गरिरहेको बताए ।
कार्यक्रममा सल्लाहकार यूवराज खनाल, प्रकाशकुमार श्रेष्ठ, निलम बाटाजुले संस्थाको प्रगतीको कामना गर्दै भइरहेका गतिविधिलाई निरन्तरता दिने गरि अगाडी बढ्न सुझाव दिए । प्रशिक्षक, पूर्व सल्लाहकार तथा समाजसेवी बिक्रम उदासले शुभकामना तथा संस्थाको प्रगतिको कामना गरे ।
संघमा पोखरा र पोखरा बाहिरका गरेर कुल ४५ वटा कन्सल्टेन्सीहरु आबद्ध छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







