गण्डकी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताउनु भएको छ ।
नेकपा (एमाले) पोखरा १७ द्धारा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापालन कार्यक्रममा बोल्दै उहाँले यस्ता आधारको उपयोग गर्दै समृद्धिसंग जोड्नु पर्ने बताए ।
गण्डकी प्रदेशका निवर्तनमा मुख्यमन्त्री समेत रहेका अधिकारले प्राकृति सम्पदान र मौलिक संस्कृतिको संरक्षण तथा प्रचार प्रसारमा जोड दिंदै पर्यटकको आकर्षण बढाउनु पर्ने आवश्यकता औल्याए ।
भ्रष्टाचारी र सहकारीको वचत अवचलन गर्ने कुनै पनि व्यक्ति एमाले हुन नसक्ने बताउदै नेता अधिकारीले भने,त्यस्ता व्यक्तिलाई सरकार र सडकबाट होईन संवैधानिक व्यवस्था अनुसार न्यायालयले टुङ्गो लगाउछ ।
एमाले पोखरा १७ कार्यवाहक वडाअध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा इन्चार्ज सुभाष ढुङ्गाना, नेपाली कांग्रेस वडा सभापति देवराज आचार्य लगायतले मुलुकको वर्तमान अवस्था र तिहारको महत्व माथि चर्चा गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






