डिजेल र मट्टितेलको मूल्य घट्यो, यथावत पेट्रोल


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०८१ मा प्रकाशित




कार्तिक १५ पोखरा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.२५ र डिजेलमा रु १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।