पोखरा, कात्तिक १७
नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५ को स्वागतार्थ पोखरामा बृहद भिन्तुना ¥याली निकालिएको छ । नेवा खलः कास्कीको आह्वान तथा वागबजार तायाःमचा समितिको आयोजनामा न्हुँ दया भिन्तुना ¥याली निकालिएको हो ।
नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पुजाको दिनदेखी नेपाल सम्वत (नयाँ बर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष पोखरामा भिन्तुना ¥याली निकालिन्छ । यसैको निरन्तरता स्वरुप यस वर्षपनि ¥याली निकालिएको हो । ¥यालीमा झाँकीसहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो । ¥यालीमा विभिन्न ४२ वटा संस्थाको संस्थागत सहभागिता रहेको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । उनका अनुसार ¥यालीमा नेवारसहित गुरुङ, मगर, थकाली, तामाङ, ह्योल्मो, क्षेत्री, ब्राह्मणलगायतका जातिय संघसंस्थाहरुकोपनि संस्थागत सहभागीता रहेको थियो ।
पोखरा–१ वागबजारबाट शुरु भएको ¥याली विन्ध्यबासिनी मन्दिर, मोहरियाटोल, भीमसेनटोलहुँदै नेवा छेँ भवनमा आएर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए । पोखरामा नेवारी भेषभुषा लगाएर कार्यक्रममा सहभागि बिरलै मात्र देख्न सकिन्छ । जुन शनिबार आयोजित भिन्तुना ¥यालीमा देखियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाचसहित मुरली बजाउँदै सहभागी भएका थिए ।
समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरा सांस्कृतिक हिसाबलेपनि धनी रहेको बताए । उनले नेवारी संस्कृतिको खास महत्व रहेको भन्दै त्यसमापनि नेपाल सम्वत साझा पर्व भएकाले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिए । उनले भाषा संस्कृति संरक्षणका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपाल सम्वत पर्यटन होटल र रेष्टुरेण्ट मात्र नभएको भन्दै संस्कृतिपनि पर्यटनकै एउटा पाटो भएकाले महानगरसहित तीनै तहका सरकारले आफ्नो क्यालेन्डरमा राखेर प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । साथै उनले चाँडपर्वहरुले साम्प्रदायिक सद्भाव कायम राख्न सघाउने विश्वास व्यक्त गरे ।
समापन कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेवाः खल कास्कीका उपाध्यक्ष तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आफ्नो मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्धेश्यले नेपाल सम्वतको अवसरमा नेवारी संस्कृति प्रदर्शन गर्ने गरिएको बताए । उनले नेपाल सम्वत मौलिक पर्व राष्ट्रिय सम्वत बनाइएपनि व्यवहारिक कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए । यसको कार्यान्वयनका लागि सरकार तहबाटै सार्थक प्रयास गर्नुपर्नेमा उनको जोड थियो ।
समापन कार्यक्रमको अवसरमा ¥यालीमा सर्वोत्कृष्ट हुने झाँकीलाई पुरस्कार प्रदान गरिएको थियो । जसमा रुपा देउराली नेवाः खलले प्रथमहुँदै २५ हजार, फेदी नेवाः खलले द्वितीयहुँदै १० हजार, झिगु भया झिगु संस्कृतिले तृतीयहुँदै ७ हजार र भीमसेन टोल मिसा पुचःले सान्त्वना स्थान प्राप्त गर्दै नगद ५ हजारसहित सम्मानपत्र जित्यो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।