फाइल तस्विर
कार्तिक २० काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।
प्रधानमन्त्री ओलीलाई ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।
संयोजक सिलवालले भने, ‘उहाँलाई ज्वरो आएको छ,’ उनले भने,‘उहाँको रगत परीक्षणका लागि पठाइएको छ ।’ प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।