पोखरामा मिनी बस दुर्घटनामा दुई जना घाईते


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ शान्तिस्तुपा नजिकै दुर्घटना हुदा दुईजना घाईते भएका छन् । पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नव युग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नं को मिनी बस दुर्घटना भएको हो ।

चालकले नियन्त्रण गुमाई बस सडक छेउमा रहेको तिजुको रुखमा अड्किएको प्रहरीले बताएको छ ।

घाइतेलाई उपचारको लागि नमस्ते अस्पताल बिरौटा पठाईएको छ । बसमा ७ जना महिला र १७ जना पुरुष गरी २४ जना सवार थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।