सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०८१ मा प्रकाशित




सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।