पोखरा, कात्तिक २४
पोखरामा शनिबार आयोजित अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा टिम इभेन्टतर्फ नेपाली र इन्डिभिजुअलतर्फ चिनिया खेलाडीले उपाधि जितेका छन् । नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका र चीनिया राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको ब्यवस्थापनमा शनिबार भएको अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडको तेस्रो संस्करणमा टिम इभेन्टतर्फ नेपाली खेलाडीहरुको समूह बिजेता बनेको हो । नेपालका सुशीलकुमार शाही, सिर्जना पौडल र श्रीकाश राईको समूहले रनिङ, साइक्लिङ र रोइङ सहितको निर्धारित ५० किलोमिटरको दूरी ४ घन्टा २० मिनेट १४ सेकेण्डमा पार गर्दै उपाधि चुमेको हो । बिजेता बनेको यो समूहले ४ लाख ५८ हजार ४ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
सो स्पर्धामा नेपाली सेनाका करण रावत, नरेन्द्रसिंह रावत र निर्मला राईको समूहले ४ घन्टा २२ मिनेट २९ सेकेण्डमा दौड गर्दै उपबिजेता बनेर ३ लाख ४३ हजार ८ सय रुपैयाँ जितेको छ । त्यस्तै सशस्त्र प्रहरी बल एपीएफका लक्ष्मण मल्ल, निरज भट्ट र पुष्पा भण्डारीको समूहले ४ घन्टा २३ मिनेट ८ सेकेण्डमा दौड पूरा गर्दै तृतीय भएर २ लाख २९ हजार २ सय रुपैयाँ जित्न सफल भयो ।
प्रतियोगिताको च्यालेन्ज इन्डिभिजुअल दौडमा पुरुष तथा महिला दुबैतर्फ चीनिया खेलाडीले उपाधि कब्जा गरे । सो स्पर्धामा पुरुषतर्फ चीनिया धावक एङ ज्याङ जेनले निर्धारित ५० किलोमिटर ३ घन्टा ४४ मिनेट १२ सेकेण्डमा पार गर्दै उपाधि चुमेका हुन् । बिजेता बनेका उनले १ लाख ५२ हजार ८ सय रुपैयासहित मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै, नेपाली धावक कुलबहादुर बस्नेतले तीन घन्टा ४८ मिनेट दुई सेकेण्डमा दूरी पार गर्दै द्वितीय बनेर १ लाख १४ हजार ६ सय जित्दा नेपालकै होमलाल श्रेष्ठले तीन घन्टा ५३ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरी तृतीय बनेर ७६ हजार ४ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र जिते ।
प्रतियोगिताको महिलातर्फ चीनका झेङ वाङ रोङले ४ घण्टा १४ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी उपाधि चुमिन् । बिजेता बनेकी उनले १ लाख ५२ हजार ८ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरिन् । यसैगरी, नेपाली धाविका जुम्लाकी कल्पना बुढाले ४ घन्टा ५० मिनेटमा दुरी पार गर्दै उपबिजेता बनेर १ लाख १४ हजार ६ सय रुपैयाँ जित्दा नेपाल प्रहरीकी राममाया बुढाले ५ घण्टा ८ मिनेट १८ सेकेण्डमा दौड पूरा गरी तेश्रो बन्दै ७६ हजार ४ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र जितिन् ।
यसैगरी ५ किलोमिटर दौडको छात्रतर्फ पोखराको कास्की मोर्डनाईज्ड एकेडेमीका बादल कार्कीले प्रथमहुँदै ३० हजार, कालिका माविका कृष्ण परियार दोश्रोहुँदै २५ हजार र त्रिपुरा माविका रमेश बुढाले तृतीयहुँदै २०हजारसहित मेडल र प्रमाणपत्र जिते । छात्रातर्फ भने छोरेपाटन मावि पोखराकी नारायणी भण्डारी प्रथमहुँदै ३० हजार, कालिका माविकी स्वीकृति राईले दोश्रोहुँदै २५ हजार र सिंहेश्वरी मावि धनकुटाकी जुही राईले तेश्रोहुँदै २० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







