पूर्वगृहमन्त्री लामिछानेसँग बयान लिनेक्रम जारी


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

गण्डकी । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ ।

कास्की प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई बुद्ध एयरको विमानबाट बुटवल पु¥याएर रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा निजसँग बयान जारी छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा निजसँग बयान लिइएको हो ।

पूर्वमन्त्री लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।