मंसिर १ पोखरा । पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आज शनिबार पोखरामा सम्पन्न भएको छ ।
साधारणसभाको सहकारी संस्थाका ज्येष्ठ सदस्य पोखरा महानगरपालिका–३१ निवासी ८१ वर्षीया चिजमाया गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरे ।
सभामा सहकारीका अध्यक्ष राजेश रानाभाटले सदस्यहरुको हित र लगानीलाई संरक्षणलाई प्राथमिकतामा राखिएको बताए ।
उनले पछिल्लो समय केही सहकारी संस्थामा देखिएको अपचलनका घटनाले राम्रो गरेका र वित्तिय अनुसासन भएका सहकारीमा समेत असर पुगेको बताए । अध्यक्ष रानाभाटले भने,“सहकारीका विषयमा अहिले हामी सबै विज्ञनै रहेका छौँ । सहकारी क्षेत्रमा समस्या छ । त्यसको असर राम्रो गरी सञ्चालन भएकाहरुमा समेत असर छ । सहकारी संस्थाका सदस्यहरुको साथ र सहयोगबाटनै हामी संस्थालाई नमूना बनाउन प्रतिवद्ध भएर लागेका छौँ ।”
अध्यक्ष रानाभाटले संस्थका विकासका लागि सदस्यहरुको अझ बढी सहभागिताको अपेक्षा गरिएको र मासिक बचतलाई नियमित गर्न समेत सबैमा आग्रह गरे ।
सभाका अवसरमा प्रवेशिका परीक्षा उत्तिर्ण सदस्यका छोराछोरीहरु सिद्धिका बगाले, कृति ढकाल, आमोदकाजी पौडेल, मञ्जिल अर्याल र आशिष रिजाल तथा कक्षा १२ उत्तीर्ण सदस्यका छोराछोरीहरु सम्पदा बराल, जेनिशा बराल,कृष्मा पौडेल, युविका बज्राचार्य, सुप्रिया श्रेष्ठ र आरोज रानाभाटलाई सम्मान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट आर्थिक कारोबार गर्ने सदस्यहरु डा चन्द्रप्रसाद आचार्य, कविता कार्की, सविना महर्जन सम्मानित भए । संस्थका कर्मचारी सुनिता जिसी सर्वोत्कृष्ट वर्ष कर्मचारी २०८१ बाट नगद रु पाँच हजार सहित पुरस्कृत भए ।
संस्थाका उपाध्यक्ष लेखनाथ अर्यालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव रेवतिरमण भण्डारीले गरेका थिए । सहकारीका सात सिद्धान्त सञ्चालक समिति सदस्य एवं शिक्षा समितिका संयोजक वैकुण्ठ बरालले गरे । साधारणसभाले कोषाध्यक्ष प्रमोद थापा तथा लेखा सुपरिवेक्षण समितिका संयोजक पुरोचन उदासको प्रतिवेदन पारित गरेको संस्थाका कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिए ।
कास्की जिल्लाभर कार्यक्षेत्र रहेको उन्नति सहकारी संस्थामा हाल एक हजार ६ सय ३२ महिला र एक हजार ८ सय ७२ पुरुष गरी तीन हजार पाँच सय चार सदस्य रहेका छन् ।
सहकारीको शेयर पूँजी रु १३ करोड २७ लाख २२ हजार नौ सय र निक्षेप रु ५२ करोड १५ लाख ७८ हजार नौ सय ७१ रहेको छ । संस्थाले रु ५७ करोड ७२ लाख ६२ हजार चार सय ९३ ऋण लगानी गरेको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






