रामबजार टि ग्रुपद्वारा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८१ मा प्रकाशित




पोखरा, मंसिर २ ।
रामबजार टि ग्रुपले दशैं, तिहार, नेपाल सम्बत, म्ह पूजा, छठ, र ल्होछार पर्वको सन्दर्भमा विशेष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम ९१ वर्षीय ज्येष्ठ अभिभावक मनबिर गुरुड (ढासा) को प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रमको अध्यक्षता श्रीकृष्ण मन्दिर ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष बिश्व तण्डुकारले गरेका थिए भने कार्यक्रमको संचालन कार्यक्रमका परिकल्पना अभियन्ता महेश गुरुडले गरेका थिए। संयोजन भने कमल गुरुडले गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष बिश्व तण्डुकारले भने, “यो कार्यक्रमले हामीलाई एक आपसमा नजिक ल्याउने र हाम्रो सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर प्रदान गरेको छ। ज्येष्ठ नागरिकको अनुभव र योगदानले हामीलाई मार्गदर्शन गर्छ।”

९१ वर्षीय ज्येष्ठ नागरिक मनबिर गुरुडले आफ्नो अनुभव सुनाउँदै भने, “जसरी विभिन्न पर्वहरूले हामीलाई एकतामा बाँध्छन्, यस किसिमका कार्यक्रमहरूले समाजमा आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।”

अमरसिंह मा बि का पूर्व प्र अ एवं रामबजार सोसाइटी युकेका सल्लाहकार दुधराज गुरुड।ले श्रीकृष्ण मन्दिर ज्येष्ठ नागरिक मिलन केन्द्रका ज्येष्ठ नागरिककालागि खाजा स्वरुप रु १० हजार सहयोग गरेका थिए । कार्यक्रममा एन आर एन अरमान गुरुडले भने, “समाजका सबै वर्गलाई सम्मान गर्न र मिलेर अघि बढ्न हामीले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु आवश्यक छ।” उनले परिकल्पनाकार समाजसेवी महेश गुरुड.को आग्रहमा श्रीकृष्ण मन्दिर ज्येष्ठ नागरिक मिलन केन्द्रकालागि रु ५ हजार सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा प्रा.डा. चन्द्रबहादुर गुरुडले भने, “ज्येष्ठ नागरिकहरू हाम्रो समाजका धरोहर हुन्, र उनीहरूको सम्मान हाम्रो कर्तव्य हो। यो कार्यक्रमले हामीलाई हाम्रा पितृपुरुषहरूप्रति सम्मान व्यक्त गर्न सहयोग पुर्‍याएको छ।”
कार्यक्रममा अभियन्ता कृष्ण गुरुड, निरज थापा, बिक्रम थकाली, बैकुण्ठ रञ्जित, सुदर्शन रन्जित र शिव रञ्जित लगायतकाको उपश्थिति थियो ।
कार्यक्रम समापनमा परिकल्पनाकार महेश गुरुड.ले उपस्थित सबैलाई धन्यवाद दिँदै भने, “समाजको एकता र प्रगतिको लागि यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण छन्। हामी आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यहरू गर्दै जानेछौं।
कार्यक्रमको आयोजनाले समाजका विभिन्न व्यक्तित्वलाई एक ठाउँमा ल्याई पर्वहरूको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव र भाइचारा बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।