कास्की मोडनाइज्डमा खेलकुद प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०८१ मा प्रकाशित




पोखरा । कास्की मोडनाइज्ड एकेडमीमा दुई दिने खेलकुदका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

पोखरा – १४ चाउथेस्थित एकेडमीका कक्षा नर्सरी देखि कक्षा ५ सम्म र कक्षा –६ देखि १२ सम्मका विद्यार्थीहरुको खेलकुद कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगिता अन्र्तगत नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई चकलेट दौड, मेमोरी रेस, हट पोटेटो, वनाना रेस, म्युजीकल चेयर, हाइजम्प, लङजम्प, २०० मी. र ४०० मी. रिले दौड भएको थियो । कक्षा नर्सरी देखि कक्षा १ सम्म खुल्ला प्रतिस्पर्धा र कक्षा २ देखि ५ सम्म अन्तर सदनात्मक प्रतिस्पर्धा भएको विद्यालयका सह–प्राचार्य शिवलाल उपाध्यायले जानकारी दिए ।
यस्तै कक्षा –६ देखि १२ सम्मका विद्यार्थीहरुको अन्तर सदनात्मक खेलकुद कार्यक्रम अन्र्तगत हाईजम्प, लङजम्प, १५००मी., ८००मी., ४००मी., २००मी., १००मी. रिलेका साथै सट्पुट, ज्याम्लिङ थ्रा लगायतका प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

यसअघि दुई दिनसम्म पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगिताको विद्यालयका संस्थापक प्रिन्सिपल राम बहादुर मोचीले उद्घाटन गरेका थिए । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई संस्थापक प्रिन्सिपल राम बहादुर मोची, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपाली, सह प्राचार्य शिवलाल उपाध्यायले मेडल, प्रमाण पत्रद्वारा सम्मान गरेका थिए ।

पढाइसंगै खेलकुदलाई पनि उत्तिकै महत्व दिँदै आएको विद्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।