यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार छ सय ८३ दशमलव २४ को विन्दुमा कायम भएको हो ।
आज तीन सय नौ कम्पनीको एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता शेयर ६५ हजार आठ सय २४ पटक किनबेच हुँदा रू छ अर्ब ३४ करोड ५८ लाख नौ हजार पाँच सय ९७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३ र म्युचुअल फन्ड शून्य दशमलव ३२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दाधेरै वित्त समूह दुई दशमलव २७ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ११, विकास बैंक एक दशमलव २१, होटल तथा पर्यटन एक दशमलव २४, जलविद्युत् शून्य दशमलव ४४ र लगानी समूह एक दशमलव ०५ प्रतिशतले बढेका छन् ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव २३, लघुवित्त शून्य दशमलव १९, निर्जीवन बीमा एक दशमलव २७, व्यापार शून्य दशमलव ०९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने ङादी ग्रुप पावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५४ करोड सात लाख ५० हजार छ सय ७८ बराबरको १० लाख ७७ हजार छ सय ८५ कित्ता शेयर किनबेच भएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







