पोखरा । नेपाल पुनमगर समाज केन्द्रिय समितीको दोस्रो अधिवेशन आगाामी मंसिर २९ गते पोखरामा हुदै छ ।
समितीका कार्यवाहक अध्यक्ष खम बहादुर पुनमगरको अध्यक्षता आज पत्रकार गरि उक्त जानकारी दिईएको हो ।
“मगरखाम मातृभाषा, संस्कार, संस्कृति र भेषभुषा हाम्रो जातिय पहिचान ! सम्पूर्ण मगर एकताको पक्षमा नेपाल पुनमगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन !!” भन्ने मुल नाराका साथ हुने उक्त कार्यक्रम पोखराको मानव अधिकार चोकबाट यालीसहित निस्केर सभागृह हलमा औपचारिक रुपमा सञ्चालन गरिने आयोजकले जानकारी दिए ।
साथै समितीका अध्यक्ष हर्क बहादुर पुनमगरद्धारा हस्ताक्षरित विज्ञप्ती भनिएको छ, “नेपाल बहुजाति, बहुभाषिक र बहुसाँस्कृतिक विविधता भएको मुलुक हो । नेपालको जनगणना २०७८ को नतिजा अनुसार मगर जातिको संख्या (२०,१३,४९८) देशकै तेस्रो स्थानमा रहेको छ र आदिवासी जनजातिहरुमा सबैभन्दा धेरै जनसंख्या रहेको समुदाय हो । मगर जातिमा बोलिने मातृभाषाहरुमा खाम, ढुट र काइके गरि तीन वटा भाषा बोलिन्छ । पुन मगरहरुको मातृभाषा खाम भाषा हो ।
पुनमगरहरुले आफ्नो भाषा, संस्कार, संस्कृति र भेषभुषाको संरक्षण गर्नको लागि नेपाल पुनमगर समाज २०७२ सालमा श्री हर्कबहादुर पहरे पुनमगरको नेतृत्वमा स्थापना भयो । समाजको केन्द्रीय कार्यालय भैरवटोल पोखरामा रहेकोछ । यस संस्थाको स्थापनादेखि पुनमगरहरुलाई एकताबद्ध गर्दै १२ वटा जिल्लाहरुमा जिल्ला समिति र ति जिल्ला अन्तरगतमा शाखा समितिहरु गठन गरि सबैसमुदायहरुसँग सद्भाव कायम गर्दै आफ्नो समुदायको पक्षमा कामहरु गर्दै आएको छ ।
यस संस्थाको दोस्रो राष्ट्रिय महाधिवेशन एवम् नवौं साधारणसभा “मगरखाम मातृभाषा, संस्कार, संस्कृति र भेषभुषा हाम्रो जातिय पहिचान ! सम्पूर्ण मगर एकताको पक्षमा नेपाल पुनमगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन !!” भन्ने मुल नाराका साथ यहि मंसिर महिनामा तपशिलको मिति, समय र स्थानमा आयोजना गरिएको छ । यस अधिवेशनमा निवर्तमान सम्माननीय उपराष्ट्रपती नन्द किशोर पुनमगरको प्रमुख आतिथ्यतामा हुने जानकारि गर्दछौं ।”
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







