मंसिर १४ पोखरा । पोखरा वहुमुखी क्याम्पस, पोखराले ३८ औं वार्षिक उत्सव शुक्रबार विभिन्न कार्यक्रम गरि मनाएको छ । वि.सं २०४४ सालमा पोखराका शिक्षाप्रेमी तथा उद्योगी व्यवसायीको सक्रियतामा खुलेको पोखरा वहुमुखी क्याम्पस यस क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस हो ।
क्याम्पसको ३८ औं वार्षिक उत्सव समारोहको शुक्रवार उद्घाटन गर्दै, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्याम्पसको दीगो स्थायित्व र शैक्षिक उन्नयनका लागि महानगरपालिका सवै खालको सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
उनले अहिले देशैभरी युवा विदेश पयालनको समय रहेको तर्फ संकेत गर्दै क्याम्पसहरुले अव आफुलाई थप पारिमार्जन गरि व्यवसायीक र विशिष्ट शिक्षामा लाग्न सुझाव समेत दिए । प्रमुख आचार्यले अन्तराष्ट्रियस्तरको शैक्षिक केन्द्रका रुपमा समेत पोखरालाई विकास गर्न नगरपालिकाले पहल गरिरहेको दावी गरे ।
सप्ताहव्यापी विभिन्न कार्यक्रम गरि मनाईएको वार्षिक उत्सवको अवसरमा भएका कार्यक्रम तथा प्रतियोगितामा उत्कृष्ट भएका विधार्थीहरुलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो । क्याम्पसमा कविता, निवन्ध लेखन, भलिवल र टेवुल टेनिस प्रतियोगिता तथा वृहत सरसफाई र रक्तदान कार्यक्रम सञ्चालन गरिएकोे क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिए ।
कार्यक्रमकैबिच शैक्षिक पुरस्कार तथा छात्रवृत्तितर्फ लक्ष्मीहाउस छात्रवृत्ति, पश्चिमाञ्चल अटोमोवाईल द्धारा स्थापित मिनवहादुर श्रेष्ठ छात्रवृत्ति, दिलमाया स्मृति छात्रवृत्ति, समीर महिमा छात्रवृत्ति, वेलायती तथा चिनीमाया छात्रवृत्ति, धनकुमारी तथा धनसुवा छात्रवृत्ति, विद्या राणा छात्रवृत्ति, विष्णु वाँस्तोला अक्षयकोष, वसन्त हिराचन स्मृति अक्षयकोष, पोखरा युनाईटेड क्लव अक्षयकोष, तिलक पार्वती पौडेल अक्षयकोष, श्रीप्रसाद टिकामाया घिमिरे अक्षयकोष तथा क्याम्पसले नै स्थापना गरेका विभिन्न संकायगत पुरस्कार र छात्रवृत्रि वितरण गरिएको थियो।
विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान नगरप्रमुख आचार्य, क्याम्पसका अध्यक्ष नरेन्द्रमान लालचन, सल्लाहकार शंकर देवकोटा, क्याम्पस प्रमुख शिशुकला पराजुली तथा अन्य विशिष्ट अतिथिहरुले संयुक्त रुपमा वितरण गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षमा कार्यक्रम भएको थियो । वार्षिक उत्सव समापन गर्दै अध्यक्ष लालचनले समुदायको भलाइका लागि स्थापित पोखरा बहुमुखी क्याम्पसको छवि उच्च राख्ने काम सान्चालक टिम सदैब कटिबद्ध रहने बताए ।
कार्यक्रममा प्राध्यापक बिदुर पराजुली र तिर्सना बस्नेतलाई यो बर्ष को उत्कृष्ट शिक्षक को रूपमा पुरस्कृत गरिएको थियो ।
कार्यक्रमलाइ क्याम्पसका सल्लाहकार शंकर देवकोटा, पोखरा ९ का पुर्ववडाअध्यक्ष रामराज लामिछाने, सञ्चालक समितिका उपाध्यक्ष वद्री श्रेष्ठ, प्राध्यापक संघका सभापति भीमप्रसाद न्यौपाने, विद्यार्थी कल्याणकारी संघका अध्यक्ष सलिना थापा, नेचर क्लवका अध्यक्ष गणेश रामदाम, नवआगन्तुक विद्यार्थी सन्देश पौडेल लगायतले सम्बोधन गर्दै क्याम्पसको सर्वाङ्गिण हितका विषयमा आफ्ना धाराणा राखेका थिए ।
साधरणसभाले क्याम्पस प्रमुख शिशुकला पराजुलीले प्रस्तुत गरेको वार्षिक र शैक्षिक प्रतिवेदन तथा कोषाध्यक्ष शंकर गुरुङ्गले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ ।
क्याम्पसले शुक्रबारनै सोही कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम मार्फत स्वागत समेत गरेको थियो ।
कार्यक्रममा विद्यार्थीले आफ्ना विभिन्न खालका प्रतिभा र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वार्षिक उत्सव कार्यक्रम अन्तरगत औपचारिक कार्यक्रमको सञ्चालन पुर्वसहायक क्याम्पस प्रमुख तथा आईक्युएसी प्रमुख महेन्द्रप्रसाद रिमालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।