मंसिर १४ पोखरा । ब्यवसायिक कृर्षिलाई प्रर्वद्धन गर्ने उदेस्यले गठन भएको कृषि सञ्जाल पोखरा–२६ को समितिलाई पुर्नगठन गरिएको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखाको अग्रसरता गठन भएको समितिको संयोजकमा केशवराज ढुगाना रहेका छन् भने सह संयोजकमा देवी ढुगाना,सचिवमा ईश्वरराज भण्डारी,कोषाध्यक्षमा कमल बहादुर रानाभाट र सह सचिवमा शन्तोष सुवेदी रहेको बताईएको छ ।
यसैगरि समितिको सदस्यहरुमा सुर्य प्रकाश वञ्जरा,पदम बहादुर वि क, वलराम अधिकारी, धरणीधर बराल,सरस्वती भण्डारी, शैलेन्द्र अधिकारी, चित्रमाया पोखरेल, टिकाराम रानाभाट, जोग बहादुर मगर, डेटप्रसाद पनेरु, दुर्गा तिमिल्सेना रहेका छन् भने समितिको वरिष्ठ सल्लाहाकारमा राजु गुरुङ, ईश्वरी प्रसाद अधिकारी, रेवती लामिछाने, चित्र प्रसाद अधिकारी, रत्न बहादुर खत्री रहेका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आफ्नो वडालाई कृषि उत्पादनबाट आत्मनिर्भर बनाउनका लागि किसानलाई सहयोग पुग्ने गरि विभिन्न किसिमका अनुदान देखि मल विउ र कृषि परामर्शका लागि पहल कदम गर्ने योजना सुनाएका थिए । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडेरीयाले वास्तविक किसानको पहिचान गरि तरकारी वाली देखि चैत्रे धानका लागि वडा नं २६ लाई पकेट क्षेत्रको रुपमा विकास गराउने लक्ष्य रहेको बताएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।