काठमाण्डौंमा रविको बयान शुरु, अब आइतबार फेरि हुने


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०८१ मा प्रकाशित




मंसिर १४ काठमाण्डौं । स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि काठमाडौँ ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबारबाट बयान लिन सुरु भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग ६ घन्टा बयान लिइएको हो । बयानका लागि बिहान साढे ९ बजे सरकारी वकिलको कार्यालय उपस्थित गराइएका लामिछानेलाई दिउँसो साढे तीन बजे जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा फर्काइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले बताए।

कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयानलिएको हो । अब आइतवार थप बयान लिने कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले हिजो काठमाण्डौ ल्याएको हो । रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसूरमा प्रहरीले गएको कात्तिक २ गते पक्राउ गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।