पोखरेली गायक रोहनजंगको ‘माया तिमी’ गीतको म्यूजिक भिडियो सार्वजनिक


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०८१ मा प्रकाशित




पोखरा, मंसिर १५

पोखरेली गायक रोहनजंग कार्कीको ‘माया तिमी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गोल्डेन आईडल–२०७० का बिजेता कार्कीले हालसालै बजारमा ल्याएको सो गीतको म्यूजिक भिडियो शनिबार एक औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोको पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती पद्मराज ढकालले ल्यापटपमा क्लिक गरेर सार्वजनिक गरेका हुन् ।

कार्कीको स्वरमा रहेको गीतको शव्द अमीत गुरुङको हो भने उनै अमित गीतको कम्पोजर र एरेञ्जरपनि हुन् । गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ पल्स रेकर्डिङ स्टुडियो पोखरामा गरिएको गीतको म्यूजिक भिडियोको निर्देशन, छायांकन र ईडिटिङ नविन थापाले गरेका छन् । गीतमा जीवन वाग्ले, अशु गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियोको छायांकन पर्यटकीय गाउँ सिक्लेशमा गरिएको गायक रोहनजंग कार्कीले जानकारी दिए ।

म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती पद्मराज ढकालले रोहनको संगीतप्रतिको मोह, लगाव र मेहनत गीत र म्यूजिक भिडियोमा देखिएको बताए । उनले कला, गीत, संगीत साधनाका माध्यमबाट मात्र उत्कृष्ट हुने भन्दै नया नया गीत, संगीत निर्माणमा जुटिरहन सुझाव दिए ।

प्राज्ञ कुञ्जराज थापाले रोहनको गीतमा शव्द, संगीत र दृश्यको संयोजक उत्कृष्ट भएको बताए ।

प्रा.डा.यामबहादुर पौडेल क्षेत्रीले रोहनको गीत, संगीतमा उज्वल भविष्य छ भन्ने कुरा ‘माया तिमी’ गीतले पुष्टि गरेको बताए ।

पोखरा सांगीतिक कलाकार संघका सचिव तथा डिमर्चा व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले पोखरामै बसेर पोखराकै स्टुडियो प्रयोगदेखि म्यूजिक भिडियो निर्माणसम्म गरेर गायक रोहनले जे कुरा गर्नपनि काठमाडौं जानुपर्ने मानसिकता हटाउन प्रेरित गरेको बताए ।

क्षेत्री समाज पोखरा–१६ का सचिव गोविन्द थापा, कवि सरस्वती श्रेष्ठ (सरु), साहित्यकार तथा पत्रकार असफल गौतमलगायतले स्थानिय कलाकारलाई माया गरेर उनीहरुलाई नया नया गीत, संगीत निर्माणमा उत्प्रेरणा जगाउन सक्नुपर्नेमा जोड दिए ।

रोहनजंगले यसअघि २०७३ सालमा ‘कहिले आउ’ र २०७७ सालमा ‘कान्छी ओ कान्छी’ गीत ल्याईसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।