पोखराको अलकापुरमा ४८ यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा– १५ नयाँगाउँ अलकापुरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४८ यूनिट रगत संकलन भएको छ ।

शनिबार अलकापुर आमा समूह र नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को संयुक्त आयोजनामा नयाँगाउँ स्थित शुक्लेश्वर महादेव मन्दिर प्राङ्गण भएको खुल्ला रक्तदान कार्यक्रम भएको हो । सो अवसरमा २२ महिलासहित ४८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक एवं अलकापुर आमा समुहकी अध्यक्ष गिता शर्माले जानकारी दिइन् ।

यसअघि कार्यक्रमको वडा नं. १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँ र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति दण्डराज शर्माले पहिलो रक्तदाता सुर्यराज पराजुलीलाई संयूक्तरुपमा व्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।

कार्यक्रममा पोखरा १५ का निवर्तमान वडाध्यक्ष प्रकाश पौडेल, जिल्ला सदस्य तथा उपशाखा पोखरा १५ का समन्वयकर्ता सुवास अधिकारी, जिल्ला सदस्य पार्वती कार्की, निवर्तमान सभापति कमलप्रसाद पौडेल, अलकापुर टोलविकास संस्थाका अध्यक्ष वेलबहादुर विश्वकर्मा, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाका सभापति शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक शर्माले स्वागत र संचालन अलकापुर आमा समुहकी सचिव सुनिता शर्मा कँडेलले गरेकी थिइन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।