पोखरा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी प्रादेशिक ऐन निर्माण गरी जारी गर्न लगाएतका माग गरेको छ ।
आज महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष अन्जना केसीद्धारा हस्ताक्षेर गरिएको प्रेस विज्ञप्ति जारी गरि उक्त माग गरिएको हो ।
साथै विज्ञप्ति मार्फत स्थानीय तहलाई अपाङ्गता समावेशी नीति तथा कार्यक्रम बनाउन मार्ग निर्देशन प्रदान गर्ने,अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि (UNCRPD), २००६ र दिगो विकास लक्ष (SDG) प्रदेशमा कार्यान्वयनको अनुगमन गर्ने संयन्त्र निर्माण गर्ने ,सहायक सामग्रीहरूको उत्पादन, आयात र भण्डारणलाई व्यवस्थित गर्नुपर्ने र पुनर्स्थापना केन्द्रहरू मार्फत नाप जाँच सहित अपाङ्गता भएका व्यक्तिहरूले चाहेको बेलामा पाउने गरी अपाङ्गता भएका व्यक्तिका संस्था र पालिकाहरूसँगको समन्वयमा स्थानीय स्तरबाटै वितरण गर्ने व्यवस्था गर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी उपलब्ध गराउन निजी क्षेत्रलाई प्रोत्साहन, कार्यस्थलहरूलाई पहुँचयुक्त बनाउन सहयोग, श्रम बजार सम्बन्धी सूचनाहरूलाई पहुँचयुक्त बनाउने र अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगार प्रवर्द्धन गर्ने योजनाहरूमा लगानी बढाउनुपर्ने,अपाङ्गता भएका महिलाहरू विरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा, यौनजन्य हिंसा र बलात्कार जस्ता जघन्य अपराधका सवालमा शून्य सहनशीलताको सिद्धान्तलाई अवलम्बन गर्दै यस विषयमा विशेष किसिमका व्यवस्थाहरू गर्नुपर्ने लगाएतका माग उल्लेख गरिएका छन् ।
साथै अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बनेका नीति र कानुनको प्रभावकारी कार्यान्वयनमा सरकार लगायत हामी सबैलाई काम गर्ने र अपाङ्गता भएका व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणाको कामना गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालहरूलाई विश्वव्यापी रूपमा उजागर गर्दै विश्व समुदायलाई यस सवालमा जिम्मेवार बनाउन संयुक्त राष्ट्र सङ्घको आव्हानमा सन १९९२ देखि ३ डिसेम्बरमा मनाउन सुरु गरिएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा “Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future” रहेको छ भने राष्ट्रिय नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।