लायन्स क्लबको डिष्ट्रिक ३२५ एलको बैठक, समाज सेवामा लायन्स अगाडी : प्राडा भण्डारी


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित




मंसिर १६ पोखरा । लायन्सले समाज सेवामा ठुलो योग्दान दिएको पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीले बताएका छन् । लायन्स इनटरनेशनल डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक तथा सम्मान समारोहमा प्रा.डा. भण्डारीले लायन्सले समाज सेवामा ठुलो योग्दान दिएको बताए ।

उनले लायन्स भनेको पहिलो आफुलाई सामान्य संस्था जस्तो लागेपनि बुझ्दै जाँदा ठुलो संस्था रहेको बताए । उनले लायन्सले आखाँ उपाचार र समाज सेवामा ठुलो योगदान दिएको बताए ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर सुमन भट्ट, निर्वतमान डिष्ट्रिक गभर्नर पमेश्वर बराल, पुर्व गभर्नरहरु मनिश्री रत्न ब्रजाचार्य, भुगोल शेरचन, गौतममान श्रेष्ठ लगाएतले लायन्सले गर्न काम गर्दै आएका कामका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा विभिन्न अवार्ड प्रर्दान तथा लायन्समा निरन्तर २५ वर्ष सदस्यहरुका करिब १ सय भन्दा बढि जनालाई सम्मान गरेका थिए ।

लायन्स क्लब अफ मुनालको आयोजना तथा लायन्स क्लब अफ मर्दीको सहआयोजनामा भएको डिस्ट्रिक्ट ३२५ एलको दोस्रो क्याबिनेट बैठकले विभिन्न नियर्ण समेत गरेको छ ।

बैठकले सचिब र कोषाध्यक्षको प्रतिबेदन र विभिन्न तीन वटा अन्तराष्ट्रिय योजनाहरु समेत पास गरेको डिष्ट्रिक एजुकेटिभ चिफ ज्ञानेन्द्रराज कोइरालाले जानकारी दिए ।

त्यसै गरी सदस्यहरुका लागि मोटिभेसनल स्पिच, आयुबेद सम्मबन्धी जानकारी र व्यवसायमा सफलताका कथाहरु सुनाएर प्रशिक्षण दिएको कार्यक्रमका सहसंयोजक राजु अधिकारीले जानकारी दिए ।

सन् १९१७ मा सिकागोमा सुरुवात भएको लायन्स क्लब संसारभर करिब ५० हजार क्लबहरुमा करिब १४ लाख सदस्य आवद्ध छन् । हाल नेपालमा करिब २ हजार क्लबमा ४५ हजार भन्दा बढि सदस्य आवद्ध छन् ।

प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स ̸ महिला सिङ्गल्स तथा डबल्स गरि जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता बारे जानकारी दिंदै प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगितामा पुरुषतर्फ वर्ल्ड ¥याकिङ नं १ जापानी खेलाडी रिकु हिगासी र नेपाली खेलाडी वर्ल्ड ¥याकिङमा चौथो रहेका आरभ सम्राट हाडा र महिलातर्फ वर्ल्ड ¥याकिङ नं १ भारतिय खेलाडी माहिका खन्ना र छैटौं वर्ल्ड ¥याकिङकी नेपाली खेलाडी सुनिरा थापाको सहभागिता हुने जानकारी दिए । जापानी खेलाडी रिकु गत वर्ष समेत पोखरा आएका खेलाडी हुन् ।

टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगिताका लागि चार जना भारतिय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णु थापाले जानकारी दिंदै सहयोगका लागि प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगर संग आग्रह गरिएको बताए । “अहिले हामीले व्यक्तिगत रुपमा खर्च गरेका छौं । पोखरा महानगरबाट सहयोग हुने आश्वासन पाएका छौं”,उनले भने ।

कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवर्द्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा आफूहरु रहेको जनाए । उनले भने–“हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।”

प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गर्ने तय भएको कास्की टेनिसले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।