निशा केसीको ‘यो मन टुटेछ ’ सार्वजनिक


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित




गायिका निशा केसीको नयाँ मार्मिक लोक गीत ‘यो मन टुटेछ ’सार्वजनिक भएको छ ।
शनिबार गायिका केसीको आफ्नै यूट्यूव च्यानल ‘निशा केसी’ च्यानलबाट उक्त नयाँ गीत सार्वजनिक भएको हो ।

मायामा प्रेममा रहेका जोडीविचको बिछोड भएपछिको कुराकानीलाई निकै मर्मस्पर्सी भावमा रमेश परियारको शब्द, लयमा तयार परिएको गितमा गायिका केसीलाई ईश्वर सिंहले आवाजमा साथ दिएका छन् ।

गीतको म्यूजिक भिडियोमा जुना गुरुङ , बिनोद भण्डारी र पार्वती श्रेष्ठको गीतको भावलाई न्याय दिने गरि अभिनय रहेको छ । उक्त म्यूजिक भिडियोमा कथा तथा निर्देशन बिनोद भण्डारीको रहेको छ ।

विश्वास नेपालले संगित संयोजन गरेको गीतमा खड्ग बाजुरालीको मिक्सिङ र गोविन्द पराजुली र सागर बाजुरालीले रेकर्ड गरेका हुन् ।

‘यो मन टुटेछ, फिर्ता लैजाउ तिम्रो याद निष्टुरी, जर्ती छुटेछ’ थेगोमा रहेको गीत हेरिसकेपछि दर्शक प्रतिक्रियापनि उत्तिकै मात्रमा मिलिरहेको छ । यस्तै गीतलाई टिकटकमा पनि निक्कै रुचाइएको छ ।

आधा दर्जन बढी गितमा स्वर दिएकी गायिका केसी ‘मोना अष्ट्रेलिया’मा पनि आवद्ध छन् 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।